चितवन, साउन ३०
भरतपुर अस्पतालमा कार्यरत चिकित्सक र नर्समा कोरोना संक्रमण देखिएको छ । बिहीबारको पीसीआर परीक्षण नतिजामा अस्पतालको आइसीयूमा कार्यरत एक जना मेडिकल अफिसर र आकस्मिक कक्षमा कार्यरत एक जना नर्समा पोजेटिभ देखिएको हो ।
संक्रमित डाक्टर केही दिन देखि अस्पतालको डिउटीमा नरहेकोले आइसीयू सेवा भने अवरुद्ध भएको छैन तर, आकस्मिक कक्षमा कार्यरत नर्स डिउटीमै रहेकाले अहिले सो कक्ष भने सिल गरिएको अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले अस्पतालको आकस्मिक कक्ष निर्मली करण गर्न र संक्रमितसंग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने तथा त्यहाँ कार्यरत केही स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा पठाउन पर्ने भएकोले आज एक दिन सिल गरिएको बताउनुभयो । यद्धपी बैकल्पिक स्थानबाट सो सेवा दिनका लागि आवश्यक तयारी भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।
चितवनमा पछिल्ला दिनमा संक्रमितहरुको संख्या बढदो क्रममा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्