काठमाडौं, भदौ ३
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज विहान पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारदसहित उहाको अन्त्येष्टि गरिएको हो ।
गत वर्ष शताब्दी वर्ष उमेर पूरा गर्नुभएका घिमिरेको आफ्नै निवास लैनचौरमा निधन भएको थियो । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि घिमिरेको पार्थीव शरीरमा उहाँको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छोएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका एकमात्र र अत्यन्त महत्त्वपूर्ण कवि मान्छन् । उहाका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैतवैशाख काव्यसङ्ग्रह चर्चित छन् ।
प्रतिक्रिया दिनुहोस्