जनता टाइम्स

७ भाद्र २०७७, आईतवार ११:४९

अनलाइन खबरका फोटो पत्रकारसहित डेस्कमा कार्यरत ९ पत्रकारलाई संक्रमण, केहीको रिपोर्ट आउन बाँकी


काठमाडौं, भदौ ७

अनलाइन खबरमा कार्यरत ९ जना पत्रकारलाई कोरोना भाइरस रोग पुष्टि भएको छ । स्रोतका अनुसार फोटो पत्रकारसहित डेस्कमा कार्यरत ९ जना पत्रकारलाई कोरोना पुष्टि भएको हो ।

सुरुमा एक जनालाई कोरोना संक्रमण भएपछि उहाँको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ । स्वाब लिइएकामध्ये केहीको रिपोर्ट आउन बाँकी छ ।