काठमाडौं भदौ, ७
काठमाडौं महानगर क्षेत्रमा भेटिएका १ हजार ५३७ कोरोना संक्रमितमध्ये भदौ ५ गतेसम्ममा १८८ जना निको भएर फर्किएका छन् । यो प्रारम्भिक तथ्याङ्क हो । बरिष्ट कविराज निरीक्षक ज्ञानबहादुर ओली भन्नुहुन्छ, ‘भदौ ५ गते थपिएका महानगर क्षेत्रमा १२६ जना संक्रमित थपिनुभयो भने १८८ जना निको भएका घर फर्किनुभयो । संक्रमित निको भएको खबर न बिरामीबाट आउँछ, न अस्पतालबाट नै ।
यसकारण कति बिरामी निको हुनुभयो भन्ने एकिन छैन । अब यो विवरण अद्यावधिक गर्दैछौं । ओलीले थप्नुभयो, ‘२८७ जनाले अस्पतालमा उपचार गराइरहनुभएको छ भने ३६२ होम आइसोलेसनमा रहनुभएको खबर छ । यो छिनछिनमा परिवर्तन भइरहने खालको अङ्क हो । मृत्यु हुनेको संख्या भने ८ पुगेको छ ।’
साउन ३२ गते ९५५ जना संक्रमित भएको महानगरमा भदौ १ गते ११३ जना, २ गते १२७ जना, ३ गते १०५ जना, ४ गते १११ जना, ५ गते १२६ जना र ६ गते ६९ जना थपिएपछि कुल संक्रमितको संख्या १ हजार ६०६ पुगेको छ । यो विवरण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखालाई उपलब्ध गराएको हो ।
आज मध्यान्न मन्त्रालयले पत्रकार सम्मेलन गर्ने समयसम्ममा बिश्वभर कोभिडबाट संक्रमित हुनेको संख्या २ करोड ३४ लाख १ हजार ३ पुगेको थियो। जसमध्ये १ करोड ५९ लाख ३४ हजार ६०८ जना निको भएर घर फर्किनुभएको छ भने ८ लाख ८ हजार ९८७ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जना संक्रमित थपिएका छन् । योसँगै काठमाडौं उपत्यकामा हालसम्म १७७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्