जनता टाइम्स

९ भाद्र २०७७, मंगलवार १३:१२

निरन्तर ओरालो लाग्दै सुनको भाउ, आज कारोबार कतिमा हुँदै ?


काठमाडौं, भदौ ९

निरन्तर ओरालो लाग्दै आएको सुनको भाउ आज पनि घटेको छ । सोमबार तोलाको ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सयमा झरेको छ । तेजावी सुनको मूल्य पनि प्रति तोला ७ सयले नै घटेर ९६ हजार ७ सय रुपैयाँमा आईपुगेको छ ।

आज चाँदीको भाउमा कुनै परिवर्तन आएको छैन । चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ३३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ९०५ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ३२ रुपैयाँ कायम गरेको छ ।