काठमाडौं, भदौ १४
कोरोना संक्रमणपछि घरमै रहेका भक्तपुरका एक पुरुषको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार मधुमेह र उच्च रक्तचापले च्यापेर श्वासप्रश्वासमा समस्या आएपछि उक्त पुरुषलाई बिहीबारअस्पताल लगिएको थियो ।
सोही दिन उनको स्वाब संकलन गरी परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । रिपोर्ट पोजिटिभ आएपछि परिवारको सल्लाहमा होम आइसोलेसनमै राखिएको थियो भने मृतक सुन व्यवसायी हुन् ।
प्रतिक्रिया दिनुहोस्