कास्की, भदौ १४
गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टी भएको हो । जसमा तनहुँका २२ जना र बाग्लुङका २ जना छन् । तीनीहरुमध्ये ५ महिला र १९ जना पुरुष छन् ।
बाग्लुङ जिल्ला तामानखोला २ का दुई महिला मध्ये १ जना स्वास्थ्यकर्मी हुन् भने १ जना स्थानीय व्यापारी हुन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । योसंगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार १२३ पुगेको छ । भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्