जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार १६:२२

काठमाडौं उपत्यकामा थपिए २९८ जना कोरोना संक्रमित


काठमाडौं, भदौ १५ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले आज आयोजित नियमित अपडेटमार्फत दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी २ सय ९८ जना कोरोना संक्रमित थपिएका हुन ।

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये काठमाडौंका १ सय ९० जना, ललितपुरका ६७ जना र भक्तपुरका ४१ जना रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।