जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार २२:२२

प्रदेश–१ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण


विराटनगर, भदौ १५

प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार आएको रिपोर्टले उहामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार विराटनगरमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको घिमिरेले जानकारी दिनुभयो ।

शनिबार धनकुटामा रहेको क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनबारे बुझेर फर्केलगत्तै ज्वरो र झाडापखाला शुरु भएको थियो । त्यसपछि उहा होम आइसोलेसनमै बस्नु भएको थियो । मन्त्री घिमिरेले आफूसँग सम्पर्कमा रहेकालाई सतर्कता अपनाउन र क्वारेन्टाइनमा बस्न अनुरोध गर्नुभएको छ ।