जनता टाइम्स

१६ भाद्र २०७७, मंगलवार १३:२०

कोरोना अस्पताल प्रमुख पोखरेलद्धारा राजीनामा


धरान, भदौ १६

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालकी प्रमुखले राजीनामा दिनुभएको छ । कोभिड अस्पताल प्रमुख डा. कृष्णा पोखरेलले राजीनामा दिनुभएको हो । प्रतिष्ठानको व्यवस्थापनले अनावश्यक दवाव दिएकाले राजीनामा दिएको उहाँले बताउनुभएको छ ।

उहाँले अस्पतालमा चाहिने औषधि खरिदमा व्यवस्थापनबाट संक्रमितको उपचारमा खटिएका चिकित्सकहरुको मनोवल गिराउने काम भएको भन्दै राजीमाना दिएको सुनाउनुभयो ।