जनता टाइम्स

१९ भाद्र २०७७, शुक्रबार १२:४५

जब युवाले झोलामा मानिसको टाउको बोकेर प्रहरी कार्यालय छिरे


काठमाडौं, भदौ १९

प्रहरी कार्यालयमा कोही व्यक्ति मानिसको टाउको झोलामा लिएर छिर्यो भने त्यहा कस्तो वातावरण होला । सायद हामी यस्तो कल्पना हिन्दी फिल्महरुमा देख्ने गर्दछौं । तर, धादिङमा एक युवकले ६५ वर्षीय पुरूषको हत्या गरी प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन् ।

निलकण्ठ नगरपालिका–१३ खलचेत भन्ने ठाँउमा २६ वर्षीय राजु परियारले सोम बहादुर गुरूङको हत्या गरेर प्रहरी समक्ष आत्मसमपर्ण गरेका हुन् । हत्या गरेपछि राति १ बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर परियार प्रहरी कार्यालय आएको जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती पुरूषले ठुलो विवाद नभइ आवेगका आएर हत्या गरेका हुन । दुवै एउटै गाँउका हुन् भने घटना राति करिव साढे १० बजेतिर भएको प्रहरीले जानकारी दिएको छ ।