भक्तपुर, भदौ २०
प्रतिनिधिसभा सदस्य प्रेम सुवाललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’मा परेर भदौ १५ गते पीसीआर परीक्षणका लागि ‘नेजल स्वाब’ दिनु भएका सांसद सुवालको शनिबार रिपोर्ट पोजिटिभ आएको हो ।
स्वाब संकलन लगत्तै होम आइसोलेसनमा बस्नु भएको थियो । नेपाल मजदुर किसान पार्टीका सचिव समेत रहनु भएका उहाले हालसम्म आफूलाई कोरोना भाइरसको कुनै लक्षण नदेखिएको जानकारी दिनुभयो । ‘सोमबारदेखि घरको छुट्टै कोठामा बस्दै आएको छु,’ उहाले भन्नुभयो, ‘दुई सातादेखि कुनै कार्यक्रममा सहभागी भएको छैन, नजिकको मित्रमा कोरोना संक्रमण पुष्टि भएपछि पीसीआर परीक्षण गराएको हुँ ।’
भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्र च्यामासिंहमा सांसद सुवाल लगायतको पीसीआर परीक्षण गराइएको थियो । उहाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्