जनता टाइम्स

२१ भाद्र २०७७, आईतवार १२:४९

मेलुङ घटना : तथ्य एउटा, समाचार अर्कै


दोलखा, भदौ २१ । दोलखाको मेलुङ गाउँपालिकामा भएको आपराधिक घटनालाई तथ्यबिपरित अफवाह फैलाउने काम भएको रहष्य खुलेको छ ।

गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठसहित गाउँपालिकाका कर्मचारी र सुरक्षाकर्मीमाथि आक्रमण गर्ने सहुमलाई जोगाउन नेपाली कांग्रेसको निर्देशनमा सो पार्टीमा आवद्ध पत्रकारहरुले योजनावद्ध रुपमा घटनाको तथ्य बंग्याउने काम गरेको पाइएको हो । उनीहरुले आफू आवद्ध राष्ट्रिय दैनिक, टेलिभिजन तथा अनलाइनहरुमा पानी माग्न जाँदा जेल हाल्ने काम भन्दै अध्यक्षमाथि भएको भौतिक आक्रमणको घटना लुकाउन खोजेका हुन ।

के हो घटना ?

भदौ १८ गते अध्यक्ष श्रेष्ठ आफ्नो कार्यकक्षमा बसिरहेको बेला दिउँसोको १२ बजेको समयमा मेलुङ्ग गाउँपालिकाको ४ न वडा भेड्पु बस्ने प्रविण थोकर, कृपाश्वर गोले, सपन गोले, सुदीप गोले र मधुकर गोले गरी ५ जनाको अगुवाईमा मानिसहरु आए । उनीहरुले अध्यक्ष श्रेष्ठको कार्यकक्ष घेराउ गरिी कार्यालय आगो लगाउने समेत धम्कि दिदै, हुलहुज्जत गरे । सुरक्षाकर्मीले रोक्दारोक्दै बलजफती प्रवेश गरी कार्यालयको ढोका फोड्ने, टेबुल कुर्सिहरु तोडफोड गर्ने, टिटेबलको सिसा फुटाउने कार्य गरे । यत्तिले मात्र उनीहरुको चित्त बुझेन ।

सो समुहले अध्यक्ष श्रेष्ठलाई घोक्र्याइ मुन्ट्याइ गर्ने, मुक्का प्रहार गरी कुटपिट गर्ने र पालिकाको सुरक्षा दिन बसेको प्रहरीलाई समेत हातपात गरे । अध्यक्ष श्रेष्ठसहित गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरु दिनभर शौचालय जानसमेत नपाई सो अराजक समुहले गाउँपालिकाको प्रशासनिक भवन लगायतका कार्यालयहरुमा तालाबन्दी गरी अपराधिक शैलीमा नजरबन्दमा राखे । तर यस घटनालाई सदरमुकाम चरिकोटमा रहेका कांग्रेस निकट पत्रकारले उल्टो समाचार लेख्दै कुटपिट गर्ने गुण्डाको संरक्षणमा लागे । अध्यक्ष श्रेष्ठले त्यस दिन भएको घटनालाई जस्ताको तस्तै राख्नुभएको छ ।

यस्तो छ तथ्य

दोलखा जिल्ला मेलुङ गाउँपालिकाको वडा नं ४ मा सञ्चालन हुने गरी संघीय सरकारको तर्फबाट विशेष अनुदान अन्तर्गत अरले खानेपानी योजना (विश्वकर्मा टोल, लामाटार, आँगेटार, विर्ताटोल र भेड्पु) मा यस आर्थिक वर्षमा सञ्चालन हुने गरी रु ९००००००। (नब्बे लाख रूपैंया) विनियोजित भएकोमा कार्यालयको तर्फबाट माथि उल्लेखित टोल बस्तीहरूमा घरधुरी सर्वेक्षणको काम भैरहेको छ । सो बारेमा केही स्थानीयहरूको तर्फबाट कार्यालयमा गुनासो प्राप्त भएपछि गाउँपालिकाले सम्बन्धित वडाका वडाध्यक्षलगायत जनप्रतिनिधिहरू र स्थानीयहरूलाई सर्वपक्षीय र सर्वदलीय रूपमा छलफल गरी वडा समिति र कार्यपालिकाको बैठकबाट कानुनसम्मत रुपमा उक्त योजना सञ्चालन गर्ने तयारी भैरहेकै छ ।

सो प्रकृयाका बारेमा सम्बन्धित पक्षलाई जानकारी गरिरहेको अवस्थामा गाउँ कार्यपालिकाको कार्यालय भेड्पुमा यही मिति २०७७ साल भदौ १८ गते म आफ्नो कार्यकक्षमा रहेका बेला दिउँसोको अन्दाजी १२ बजेको समयमा मेलुङ्ग गाउँपालिकाको ४ न वडा भेड्पु बस्ने प्रविण थोकर, कृपाश्वर गोले, सपन गोले, सुदीप गोले र मधुकर गोले गरी ५ जनाको अगुवाईमा आएको भिडले मेरो कार्यकक्ष घेराउ गरिीकार्यालय आगो लगाउने समेत धम्कि दिदै, हुलहुज्जत गरी सुरक्षाकर्मीले रोक्दारोक्दै बलजफती प्रवेश गरी कार्यालयको ढोका फोड्ने, टेबुल कुर्सिहरु तोडफोड गर्ने, टिटेबलको सिसा फुटाउने कार्य गरेको अवस्था छ ।

उक्त व्यक्तिहरूले मलाई घोक्र्याइ मुन्ट्याइ गर्ने, मुक्का प्रहार गरी कुटपिट गर्ने र पालिकाको सुरक्षा दिन बसेको प्रहरीलाई समेत हातपात भएको जानकारी गराउँदछु । कार्यालयमा मसमेत गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरु दिनभर शौचालय जानसमेत नपाई उक्त समुहले गाउँपालिकाको प्रशासनिक भवन लगायतका कार्यालयहरुमा तालाबन्दि गरी अपराधिक शैलीमा नजरबन्दमा राखेर अमानवीय, अराजक र कानून हातमा लिने कार्य गरेको अवस्थामा सदरमुकाम चरिकोटबाट सोही दिनको बेलुकाको ७ बजे सुरक्षाकर्मीको टोली आएपछि मुक्त हुनुपरेको जानकारी गराउँदछु ।

उक्त अपराधजन्य घटनामा चुप लागेर बसे थप अपराध गर्न उक्सिने, सरकारी कार्यालय तोडफोड भैरहने, जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आक्रमण गर्ने क्रम बढ्ने हुँदा मैले २०७७ भदौ १९ गते जिल्ला प्रहरी कार्यालय दोलखामा मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २६ को दफा २८५ अनुसार कारवाहीको माग गरि जाहेरी दिएको जानकारी गराउँदछु।

यस सन्दर्भमा यस्तो अराजक उदण्ड गतिविधिका विचमा पनि उक्त समूहले पेश गरेको ज्ञापन पत्र बुझि प्रकृयागत ढंगबाट छलफल गरी समस्यालाई समाधान गरौं भन्दाभन्दै नियोजित ढंगबाट ममाथि भौतिक आक्रमण गर्ने र जनतालाई सेवा प्रवाह गर्ने सरकारी कार्यालयमा तालाबन्दी गरी तोडफोडसमेत गरेर क्षति पुर्‍याउने कार्यमा चुप लागेर बस्न उचित र न्यायसंगत नभएकोले कानुनबमोजिम जानुपरेको अवस्थालाई मध्यनजर गर्दैं पत्रकार मित्रहरुलाई सत्य, तथ्य, निष्पक्ष समाचार सम्प्रेषणका लागि अनुरोध गर्दछु।

नरबहादुर श्रेष्ठ
अध्यक्ष, मेलुङ गाउँपालिका