बाँके, भदौ २३
अर्घाखाँचीका एकजना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहोलपुरमा मृत्यु भएको छ । सितगंगा नगरपालिका–१२ का ४२ वर्षीय पुरुषको आज उपचारकै क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिनुभएको छ । मृतक भदौ ११ गते कोहलपुरस्थित शिक्षण अस्पतालमा गम्भीर अवस्थामा भर्ना हुनुभएको थियो ।
उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा केही सुधार भए पनि आजै मृत्यु भएको हो । मृतक साउन २७ गते टिपर दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा भर्ना हुनुभएको थियो । दायाँ करङ् र नाडी भाँचिएको उहाँको १४ दिनपछि अप्रेसन गर्नुअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।













प्रतिक्रिया दिनुहोस्