काठमाडौं, भदौ २४
त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. दिनेश काफ्ले नियुक्त हुनुभएको छ । त्रिविको कार्यकारी परिषद्ले काफ्लेलाई हिजो निर्देशकमा नियुक्त गर्ने सिफारिस गरिएपछि उहाँले आजै चार बर्षे कार्यकालका लागि पदबहाली गर्नुभएको हो ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीन प्रा.डा.दिव्या सिंहको सिफारिसमा त्रिवि उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले निर्देशकमा नियुक्त गर्नुभएको हो । निर्देशक नियुक्तीको लागि डीन सिंहको संयोजकत्वमा प्रा.डा.धनश्याम गुरुङ र प्रा.डा रामचन्द्र अधिकारी सदस्य रहेको समिति गठन गरिएको थियो ।
प्रा.डा.काफ्ले अर्थोपेडिक सर्जन हुनुहुन्छ । यसअघिका निर्देशक प्रा.डा. प्रेम खड्गाले अनिवार्य अवकाश पाएपछि त्रिविले प्रा.डा. रोहितकुमार पोखरेललाई तीन महिनाका लागि निमित्त निर्देशक बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्