पोखरा, भदौ २६
गण्डकी प्रदेशमा थप ४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखा परेको छ । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माका अनुसार कास्कीका १० जना, लमजुङका ५, पर्वतका २, नवलपरासीका २१ जना, तनहुँका १० जना गरी ५ जिल्लाका थप ४८ जना छन् ।
संक्रमितहरु कास्की जिल्ला पोखरा महानगरपालिका एमसीएचका ३२ बर्षीय पुरुष मेट्रोसिटी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् भने ३५ बर्षीय महिला उपचारको लागि सोहि अस्पतालमा आउनुभएको हो । लमजुङ बेशीसहरका २३ बर्षीय महिला लमजुङ जिल्ला सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । तनहुँ भानुका ५ जना सशत्र प्रहरीमा कार्यरत हुन् भने अन्य सबै व्यक्तिहरु कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्