जनकपुरधाम, असोज १
सिरहा कारागारमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । ५९९ कैदी बन्दी रहेकामा ५०० बढिलाई कोरोना भाइरस पुष्टि भएको छ । कोरोनाले कारागार नै लगभग संक्रमित भएपछि केही कैदीलाई रिहा गर्ने तयारी भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गरिएकोमा बुधबार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कारागार सिरहाकी प्रमुख बबिता महतोले बताउनु भयो । जिल्ला कारागार सिरहामा १ सय ५० जना कैदी राख्ने क्षमता भएपनि सो कारागारमा ५ सय ९९ जना कैदी रहेका छन् । कैदी मध्ये ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको र केही कैदीको रिपोर्ट नेगेटिभ आएको छ । सबै संक्रमित कैदीहरु कारागारमै रहेका छन् ।
कारागारमा साउन २४ गते २० वर्ष देखि ५५ वर्ष सम्मका ५९ जना पुरुष कैदीको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । साउन २६ गते २ वर्ष देखि ६० वर्ष सम्मका १८ महिला र २ वर्षीय १ बालक गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने साउन २९ गते १४ वर्ष देखि ३५ वर्ष सम्मका १५ जना पुरुष तथा साउन ३० गते १ वर्ष देखि ६५ वर्ष सम्मका १ सय ४७ पुरुष कैदीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्