जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार ११:३४

एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक


चितवन, असोज २

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । पहिरोले अवरुद्ध बनेको सडक बिहान १० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान करिब ५ः४० बजेतिर सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको थियो । चितवन भरतपुर–२९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा पहिरो खसेको थियो ।