काठमाडौं, असोज ६
कान्ति बाल अस्पतालले गरिब तथा विपन्न नागरिकहरुका लागि आकस्मिक उपचार सेवा निःशुल्क कार्यक्रम सुरु गरेको छ । अस्पतालका निर्देशक डा.कृष्ण पौडेलले सरकारको नीति तथा कार्यक्रममा सम्बोधित गरिब तथा विपन्न नागरिकका लागि आकस्मिक उपचार निःशुल्क कार्यक्रम कार्यान्वयन गरेको बताउनुभयो ।
उहाँका अनुसार अस्पतालमा गरिव तथा बिपन्नको प्रारम्भिक चरणको आकस्मिक उपचार गर्दा अब पैसा पर्दैन । कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले चालु आर्थिक वर्ष २०७७/७८ देखि लागू हुने गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक सेवा कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्