जनता टाइम्स

७ आश्विन २०७७, बुधबार १४:०६

भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु


बाँके, असोज ७

बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा एकजना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका–३ बनियाभारका ३९ वर्षका पुरुषको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेले जानकारी दिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि भदौ २९ गते दिउँसो भेरी अस्पतालमा भर्ना हुनुभएको थियो । सोही अस्पतालमा पीसीआर परीक्षण गर्दा ३० गते कोरोना पुष्टि भएको थियो । भेरी अस्पताल भर्ना हुनुअघि ती पुरुषले कोरोना भएको आशंकामा २८ गते पीसीआर परीक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब दिनुभएको थियो तर रिपोर्ट नेगेटिभ दिएको थियो ।