जनता टाइम्स

७ आश्विन २०७७, बुधबार १६:३७

बुधबार मात्रै ७ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४३६ पुग्यो


काठमाडौं, असोज ७

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ७ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १ महिला र ६ जना पुरुष सहित ७ जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.६४ प्रतिशत हो ।