जनता टाइम्स

११ आश्विन २०७७, आईतवार १६:३४

थप १० जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं, असोज ११

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १० जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १ महिला र ९जना पुरुष सहित १० जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.६५ प्रतिशत हो ।