काठमाडौं, असोज १७
शनिवार कोरोना संक्रमणले प्रधानमन्त्री निवास बालुवाटारसँगै नेपाली कांग्रेसका नेताहरु पनि संक्रमण देखिएको छ । काँग्रेसका नेता अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहित १५९ जनाको स्वाब संकलन संकलन भएकोमा रिपोर्ट आएका मध्ये ४ जनामा पोजेटिभ देखिएको हो । बिहीबार नेताहरुका सुरक्षा गार्ड, गाडी चालकको पनि पिसिआर परीक्षणका लागि स्वबा लिइएको थियो । साथै पार्टी कार्यालयमा सबै कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्