जनता टाइम्स

१८ आश्विन २०७७, आईतवार १५:५४

भीमफेदीमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ घाइते


हेटौंडा, असोज १८

मकवानपुरको भीमफेदीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घटनास्थलमै मृत्यु भएका दुबै जनाको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार मृतक दुवै जना पुरुष हुन् । घाइते सबैको प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

आज हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका–६ स्थित उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।