जनता टाइम्स

२४ आश्विन २०७७, शनिबार १६:३४

२४ घण्टामा देशभर कोरोनाबाट १४ जनाको मृत्यु, मृतक संख्या ६१४ पुग्यो


काठमाडौं, असोज २४

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १४ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २ महिला र १२ जना पुरुष गरि १४ जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.५८ प्रतिशत हो ।