धनगढी, असोज २५
कोरोना संक्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी एसपी अनुपम शम्शेर राणालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। केही दिनअघि कोरोना पोजेटिभ देखिएका उहाँको धनगढीमै उपचार भइरहेको थियो।
आइतवार बिहान उहाँलाई एम्बुलेन्समार्फत काठमाडौं लगिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। एसपी राणालाई श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो।
प्रतिक्रिया दिनुहोस्