काठमाडौं, असोज २५ । सरकारले विदेशी मदिरा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले मदिरा आयात खुल्ला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । कोरोनाका कारण विदेशी मुद्राको सञ्चतीमा असर पर्न सक्ने भन्दै २०७६ चैत १६ गते सरकारले विदेशी मदिरा आयातमा रोक लगाउने निर्णय गरेको थियो ।
नेपालमा वार्षिक २ अर्ब भन्दा बढीको विदेशी मदिरा औपचारिक माध्यमबाट भित्रिने गरेको भन्सार बिभागको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्