काठमाडौं, कात्तिक २
नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट नर्सको मृत्यु भएको छ । नेपाल नर्सिङ संघको आजीवन सदस्य समेत रहनुभएको विद्या जोशीको ७० बर्षभन्दा बढी उमेरमा मृत्यु भएको हो ।
जोशी रिटायर हुनुभन्दा अगाडी वीर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको संघको प्रवक्ता कल्पना श्रेष्ठले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्