जनता टाइम्स

६ कार्तिक २०७७, बिहीबार १६:२५

विहिबार देशभर थपिए ३६३७ संक्रमित


काठमाडौं, कात्तिक ६

पछिल्लो २४ घण्टामा देशभर ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३६३७ जना संक्रमित थपिएको जानकारी दिनुभयो । त्यस्तै काठमाडौं उपत्यकामा १५५२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जनालाई कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

हालसम्म नेपालमा १३ लाख ५० हजार १५२ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभयो । आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ । आज ४४ हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३२१५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या १ लाख २८२० पुगेको छ । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ९१४३, प्रदेश २ मा १५९३०, बाग्मति प्रदेशमा ४७५७७, गण्डकी प्रदेशमा ५०६८, लुम्बिनि प्रदेशमा १२८५३, कर्णाली प्रदेशमा ४१२५ र सुदुरपश्चिम प्रदेशमा ८१२४ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ६९.२ प्रतिशत हो ।

संस्थागत आइसोलेसनमा १३ हजार ३३९ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ३१ हजार ५३८ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ३ हजार ७५१ रहेको छ । प्रवक्ता गौतमका अनुसार पाँच सय बढी सक्रिय संक्रमित जिल्लाहरु झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, कैलाली र सुर्खेत रहेको छ । शून्य संक्रमित भएको जिल्ला मनाङ रहेको छ ।