काठमाडौं, कात्तिक ६
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाईरस (कोभिड–१९) पुष्टि भएको छ । कोरोनाबाट सङ्क्रमीत हुनुभएको उहाँलाई केही समय अगाडिदेखि सामान्य रुघाखोकी देखिएको थियो ।
उहाँ केही समयदेखि नै सुरक्षाविधी अपनाएर होम आईसोलेशनमा रहनुभएको छ । उहाँसँगै धर्मपत्नी, एक सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्