काठमाडौं, कात्तिक ८
भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणको विषयलाई लिएर सबै पक्षले आफु अनुकुल व्याख्या गरिरहेका छन् । नेपाली नेतालाई गोप्य रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपमा भेटेका गोयलका विषयमा टिकाटिप्पणी उठेका हुन् ।
कुटनीतिक मर्यादा नभएको, रअ प्रमुखलाई भेट दिएको भनेर प्रधानमन्त्री ओलीको एक तप्काले विरोध गरिरहेको छ । तर, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग गरेको शिष्टाचार भेटलाई प्रोटोकल नमिलेको भनेर टिप्पणी गर्न नहुने तर्क गर्नुभएको छ । ‘प्रोटोकल प्रमुख कुरा होईन । मुख्य कुरा के हो राष्ट्रिय हितको पक्षमा वकालत गर्छ कि गर्दैन् ? वार्ताको वातावरण बनाउनको लागि प्रयास गर्छ कि गर्दैन् ? त्यो त रिजल्टबाट हेर्ने कुरा हो । रिजल्टअनुकुल भएन, अर्काको प्रभावमा पर्ने भयो भने त्यो घातक हुन्छ । त्यस्तो चाहीँ गर्नुहुँदैन्’, उहाले भन्नुभयो ।
उहाले विगतमा नेपाली नेताहरुले भारतमा गएर लाइनमा बसेर गुप्तचरवालासँग भेट्ने गरेको बताउदै यसपटक त देखिने गरी भयो त्यसलाई नकरात्मक भन्न मिल्दैन । ‘पहिले ईण्डिया गएर लाईनमा बसेर गुप्तचरवालाहरुलाई भेट्ने गर्दथ्यो । तर, यो भेट त देखिनेगरि भएको छ । नढाँट्नु । नछुपाउनु र राष्ट्रिय हितमा कुरा राख्ने कुरा कहिल्यै नछोड्नु र नचुक्नु । त्यो भए भेटे हुन्छ’, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भन्नुभयो, ‘त्यो भएन भने गोप्य रुपमा भेटेपनि हुँदैन् । खुल्ला रुपमा भेटेपनि हुँदैन् । यदि सम्वादहिनताको अवस्था तोड्छ, यसले वार्ताको लागि वातावरण बनाउँछ भने राम्रो हुन्छ ।’ उहाले लोकतन्त्रमा सबैभन्दा ठूलो कुरा र महत्वपूर्ण भनेको नै पारदर्शीता जनताप्रति जवाफदेहिता रहेकाले त्यो हुनुपर्ने बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्