काठमाडौं, कात्तिक ९
नेपालमा नै पहिलो पटक भर्चुअल रुपमा जिम तथा फिटनेस् क्लबको उद्घाटन भएको छ । कोभिड–१९ को महामारीलाई ध्यानमा राखी भीडभाड नगराउने उद्धेश्यका साथ सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरी ‘सेप्स बी लेजेन्ड’को औपचारिक संचालनमा ल्याइएको हो ।
प्रविधिको प्रयोग गरी पहिलो पटक उद्घाटन गरिएको जिम तथा फिट्नेस राजधानीको खुसिबु टाउन प्लानिङमा रहेको छ । साढे ३ तल्ले भवनमा रहेको जिम तथा फिट्नेसमा पूर्ण रुपमा सबै सुविधाहरुले भरिपूर्ण रहेको छ । जसमा २ वटा जिम हलहरु, कार्दियो हल, एरोबिक हलहरु छुट्टा छुट्टै रहेका छन् । यस्तै साउना, इस्टिम लगायत रुफटप क्याफे पनि संचालनमा ल्याउने तयारी भईरहेको छ । यी निर्माणाधीन अवस्थामा रहेको बताइएको छ ।
ढल्कोमा एक तल्लेबाट सुरुवात भएको यस फिट्नेस जिम स्थानान्तरण भई हाल खुसिबुमा सुविधायुक्तका रुपमा निर्माण गरिएको जिमका संचालक तथा काठमाडौं बडिविल्डिङ संघका उपाध्यक्ष विजयत्तम रत्न बज्राचार्यले जानकारी दिनुभयो । अहिलेको सुविधा सम्पन्न क्लबमा एक पटकमा १०० जना भन्दा बढी मानिसहरुले व्यायाम गर्न सक्नेछन् । उहाँले क्लबबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन भइसकेको र यसलाई आगामी दिनमा धेरै संख्यामा उत्कृष्ठ खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको पनि जानकारी दिनुभयो ।
फिटनेस जीवनमा स्वस्थ्य रहन र शरिरलाई तन्दुरुस्त बनाउन चाहिने भएकाले पछिल्लो समय मानिसको आकर्षण बढ्दै गईरहेको छ । उहाँले अहिलेको अवस्थामा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु अपनाएर सामाजिक दुरी कायम गर्दै एक पटकमा ३० जनालाई मात्र राखी व्यायम गराइरहेको बताउनु भयो । फलाम उठाउन नचाहनेहरुका लागि पनि हप्ताको ४ दिन दैनिक १ घण्टा एरोबिक, कार्दियो र पेटको व्यायम समेत आगामी दिनबाट सुरुवात गरिने व्याम व्यवसायी संघका सचिव समेत रहनु भएका संचालक बज्राचार्यले जानकारी दिनुभयो ।
सेप्स बी लेजेण्डमा यस्ता छन् व्यायमका विधा र विशेषता :
जिम : शरीरको मांसपंशीलाई सन्तुलित र कसिलो तथा फिट रहनु, शरीरको ढाँचालाई आकर्षक बनाउनका लागि पुरुष महिलाका साथै बृद्धाबृद्धले पनि जिम गर्न सक्ने ।
एरोबिक र कार्दियो : यो विशेष गरी उच्च रक्तचाप, मुटुको समस्या, कोलेष्टोल, सुगर, फोक्सो र शरीरको वजन घटाउनका लागि गरिन्छ । साथै रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि ल्याउनमा समेत मद्धत गर्दछ । जुन अहिलेको अवस्थामा अति नै महत्वपूर्ण रहेको छ ।
पेटको व्यायम : यस व्यायम दैनिक रुपमा गर्नाले पेटको बोसो घटाउन मद्दत गर्दछ ।













प्रतिक्रिया दिनुहोस्