दिपक राज जोशी, बझाङ, कात्तिक १३
जयपृथ्वी नगरपालिका– ४ का वडाध्यक्षसहित १० जना जुवाडे पक्राउ परेका छन् । बुधबार बिहान ३ बजेतिर जयपृथ्वी नगरपालिका– ४ गोलाईबाट वडाध्यक्षसहित १० जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका वडाध्यक्ष गगनबहादुर खाती नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका– ४ का वडाध्यक्ष खातीसहित कुम्भराज उपाध्याय, दीपकबहादुर बड, नरेन्द्रराज उपाध्याय, शेरबहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, रतनलाल रताला, उमेशराज जोशी, सन्तोष जोशी रहेका छन् । उनीहरूलाई विशेष सूचनाका आधारमा जुवा खेलिरहेको अवस्थामा जुवा खालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताउनु भयो ।
जुवाखालबाट ७० हजार सात सय ३० रुपैयाँ बरामद भएको र पक्राउ परेकाहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्