काठमाडौं, कात्तिक १६
नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता शंकर पोखरेलले विवादका बेला जिम्मेवार व्यक्तिले आफ्नो धारणा स्पष्ट रुपमा राख्न सक्नुपर्ने बताउनु भएको छ । नेकपामा पछिल्लो समय बढिरहेको विवाद र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले खुलमटारमा राखेको भनाईप्रति लक्षित गर्दै उहाले सो कुरा भन्नु भएको हो ।
खुमलटार भेलामा प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले अलग अलग बाटो लागौ भनेर भनेको दावी गर्नुभएको थियो । सोही भनाईपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहनु भएका पोखेरलले विवादका बेला अर्कोले के भन्यो ? भन्दा सदैव आग्रह मिसिने उल्लेख गर्नुभयो । ‘विवादका वेला जिम्मेवार व्यक्तिले मैले के भने, मेरो धारणा के हो ? भन्नु राम्रो हो । अर्कोले के भन्यो ? भन्दा सदैव आग्रह मिसिन्छ’, उहाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्