जनता टाइम्स

१८ कार्तिक २०७७, मंगलवार १६:१३

बाग्लुङका कोरोना संक्रमितको धौलागिरि अस्पतालमा मृत्यु


बाग्लुङ, कात्तिक १८

बाग्लुङ नगरपालिका–३ का ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धौलागिरि अस्पताल बाग्लुङमा उपचारका क्रममा आज बिहान उहाँको मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटन्डेन्ट डा . शैलेन्द्र विकले जानकारी दिनुभयो ।

उहाँ श्वासप्रश्वासमा समस्या भई अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएको थियो । उहाँलाई आइसियुमा भेन्टिलेटरबाट उपचार गरिएको थियो।