न्युयोर्क, कात्तिक १९
अमेरिकी राष्ट्रपति निर्वाचनमा आफु ठुलो जित निकाल्नेतर्फ अग्रसर भएको वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । कतिपय राज्यमा मतगणना जारी रहेका बेला ट्रम्पले आफुले आफुलाई विजयी घोषणा गरेका हुन् ।
मतगणना जारी रहँदा ह्वाइट हाउसबाट सम्बोधन गर्दै ट्रम्पले भने, ‘जहाँसम्म मेरो कुरा छ, हामीले जितिसक्यौँ । हामी ठुलो अन्तरले विजयी भईसक्यौं ।’ ह्वाइट हाउसको इस्ट रुमबाट बोल्दै ट्रम्पले उनको विचारमा आफूहरूको जित हुन लागेको दाबी गरेका छन् । उनले भने, ‘हामी ठूलो विजयोत्सवको तयारी गर्दैछौँ । हामी सबै जित्दैछौँ ।’
ट्रम्पले फ्लोरिडाको जितलाई प्रशंसा गरेका छन् । ‘हामीले जितेको मात्रै होइन, हामीले ठूलो जित हासिल गर्यौं, उनको भनाई छ । पेनसिल्भेनियामा पनि अग्रतामा रहेको ट्रम्पको भनाई छ । बाइडनले पनि केही समय अगाडि आफू पेनसिल्भियामा अगाडि रहेको बताएका थिए तर त्यहाँ कसले जित्छ भन्न सकिने बेला भएको छैन ।तर ट्रम्पले निर्वाचनलाई धाँधली भन्दै त्यो “राष्ट्रका निम्ति ठूलो जालसाजी” भएको टिप्पणी पनि गरेका छन् ।
उनले मतगणना तत्काल रोक्नका लागि सर्वोच्च अदालतलाई आह्वान समेत गरेका छन् । उनले आफ्नो सम्बोधनको सुरुआतमा “विशाल सहयोगका लागि” भनेर अमेरिकी जनतालाई धन्यवाद दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्