जनता टाइम्स

२१ कार्तिक २०७७, शुक्रबार ११:००

मनोज गजुरेलको स्वास्थ्यमा सुधार, अवस्था सामान्य


काठमाडौं, कात्तिक २१

कोरोना संक्रमण भएपछि अस्पताल भर्ना हुनुभएका कलाकार मनोज गजुरेल स्वास्थ्यमा सुधार आएको छ । उहाका भाई मोहन गजुरेलले दिएको जानकारी अनुसार निमोनिया भएपछि अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो ।

गजुरेलको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ । संक्रमण पुष्टि भएपछि घरमै आइसोलसनमा रहेका गजुरेललाई निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको मनोजका भाई मोहनले जनाकारी दिनुभयो ।

मोहनका अनुसार अहिले अवस्था सामान्य रहेको र बाहिर मिडियामा आएको जस्तो जटिल नभएको बताउनु भयो । गजुरेललाई कात्तिक ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।