जनता टाइम्स

२१ कार्तिक २०७७, शुक्रबार १३:२६

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेल


काठमाडौं, कात्तिक २१

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेल नियुक्त हुनुभएको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा पौडेललाई चार बर्षका लागि बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

लोक सेवा आयोगको संयोजकत्वमा गठित समितिले स्वास्थ्य मन्त्रालयलाई डा. दामोदर बसौला र डा. कृष्णप्रसाद अधिकारी र सुर्दशन पौडेलको नाम सिफारिस गरेको थियो।