काठमाडौं, कात्तिक २१
धौलागिरि अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाग्लुङ नगरपालिका–२ का ८० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । उहाँ १९ कात्तिकमा श्वासप्रश्वास समस्या भई आकस्मिक कक्षमा भर्ना हुनुभएको थियो ।
उहाँको उपचारका क्रममा कात्तिक १९ गते दिउँसो नै मृत्यु भएको तर आज कोरोना पुष्टि भएके हो । यसअघि पनि धौलागिरि अस्पतालमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्