काठमाडौं, कात्तिक २१
चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता छन् ।
बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ख ८६५२ नम्बरको यात्रुवाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको हजार दरका चार हजार थानमा रहेको उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको नागढुंगाका प्रहरी निरीक्षक हेमन्तविक्रम थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्