काठमाडौं, कात्तिक २१
नेपालमा पछिल्लो समय कोरोना संक्रमण पुष्टि भन्दा कोरोना संक्रमणलाई परास्त गर्नेहरुको संख्या बढ्दो छ । त्यस्तै आज पनि ४५ सय जनाले कोरोना संक्रमण जित्दा नयाँ २९०९ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९०९ जनालाई कोरोना पुष्टि भएको हो ।
हाल आइसोलेसनमा ३४ हजार ९०५ संक्रमित छन् भने १ हजार २५४ जना क्वारेन्टिनमा छन् । यो सँगै संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । जसमध्ये १ लाख ५२ हजार ९०८ जना निको भएका छन् । २४ घण्टामा ४५०० जना कोरोनामुक्त भएका छन् । आज थप १८ संक्रमितको मृत्यु भएको छ । यो संख्यासहित नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १०७० पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्