जनता टाइम्स

२३ कार्तिक २०७७, आईतवार १२:४४

प्रधानमन्त्री ओलीले यसरी दिनुभयो बाइडेनलाई बधाई


काठमाडौं, कात्तिक २३

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा जो बाइडेनलाई बधाई दिनुभएको छ ।

आज बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गर्नुभएकोमा बाइडेन र कमला ह्यारिसलाई बधाई ज्ञापन गर्नुभएको हो । नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गर्नुभएको छ ।