जनता टाइम्स

२५ कार्तिक २०७७, मंगलवार १३:३६

विहार निर्वाचन : ८० लाख मत गणना गर्दा एनडीए अगाडि


काठमाडौं, कात्तिक २५

भारतको विहार विधानसभा निर्वाचनको शुरुवाति परिणाममा भारतीय जनता पार्टी र जेडीयू सम्मिलित एनडीएले अग्रता बनाएको छ । दिउसो एक बजेसम्मको परिणाम अनुसार सत्तारुढ एनडीएले १२८ सिटमा अग्रता बनाएको छ ।

आरजेडी महागठबन्धनले १०४ सिटमा अग्रता लिएको छ । अन्य दलले १२ सिटमा अग्रता बनाएका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म २० प्रतिशत मात्र मत गणना भएको जनाएको छ । ४ करोड आसपासमा मतदाताले मतदान गरेकोमा अहिलेसम्म ८० लाख मत मात्रै गणना भएको छ । एनडीएमा रहेका विहारका मुख्यमन्त्री नितेशकुमारको पार्टी जेडीयूले ४८ सिटमा अग्रता बनाउद्या बीजेपीले ७३ सिटमा अग्रता लिएको छ ।

महागठबन्धनमा रहेको आरजेडीले ६४, कांग्रेसले २० र लेफ्टले १९ सिटमा अग्रता बनाएका छन् । यद्यपी शुरुवाति मत परिणाममा भने महागठबन्धनले अग्रता बनाएको थियो । २४३ सिटको विहार विधानसभामा सरकार बनाउन १२२ सिट आवश्यक पर्दछ ।