जनता टाइम्स

२५ कार्तिक २०७७, मंगलवार १४:०४

दिल्ली र मुम्बईबीच आईपीएल फाइनल : यस्तो छ, सम्भावित प्लेइङ सेट


काठमाडौं, कात्तिक २५

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल आज हुँदै छ । यूएईमा जारी १३औं संस्करणको आईपीएलको उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्नेछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोलीले उपाधि जित्ने योजनामा छन् ।

उपाधि जित्न दुवै टोली उत्कृष्ट खेलाडी मैदानमा उतार्ने तथा आफ्नो टिमका मुख्य र केही नयाँ खेलाडीलाई स्थान दिने योजनामा छन् । दुवै टिमले एक अर्को टिमको अवस्था हेरेर खेलाडी मैदान उतार्नेछन् । इन्डिया डट्कमका अनुसार मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीचको सम्भावित प्लेइङ सेट यस्तो छ ।

मुम्बई इन्डियन्स
रोहित शर्मा (कप्तान), क्विन्टन डी कक (विकेट किपर), इशान किशान, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, काइरन पोलार्ड, क्रुनल पान्ड्या, न्याथन कुल्टररजेम्स प्याटिन्सन, जसप्रित बुमराह, राहुल चाहार, ट्रेन्ट बोल्ट ।

दिल्ली क्यापिटल्स
श्रेयष अय्यर (कप्तान), शिखर धावन, मार्कस स्टोइनिस, अजिंक्य रहाने, ऋषभ पन्त (विकेट किपर), कगिसो रबडा, सिमरोन हेटमायर, अक्षर पटेल, रविचन्द्र आश्‍विन, प्रविन डुबे, अर्निच नोटरेज ।