काठमाडौं, कात्तिक २८
अमेरिका–नेपाल मेडिकल फाउन्डेसनले त्रिवि शिक्षण अस्पताल र वीर अस्पताललाई हाई फ्लो नेजल क्यानुला उपलब्ध गराएको छ। फाउन्डेसनले शिक्षण अस्पताल र वीरलाई २० लाख बराबरको दुई/दुई वटा हाई फ्लो नेजल क्यानुला उपलब्ध गराएको हो। कोरोनाका गम्भीर खालका बिरामीको उपचारमा प्रभावकारी हुने भन्दै उक्त सामग्री अस्पताललाई सहयोग गरिएको फाउन्डेसन नेपालका अध्यक्ष डा. भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
अक्सिजनको कमी भएर सिकिस्त भएका बिरामीका लागि यो प्रभावकारी हुने उहाँले सुनाउनुभयो । भेन्टिलेटर चाहिने कोरोनाका बिरामीलाई हाई फ्लो नेजल क्यानुलाको माध्यमबाट बचाउन सकिन्छ । यसको माध्यमबाट प्रतिमिनेट ६० देखि ८० अक्सिजन दिन सकिने फाउन्डेसनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्