जनता टाइम्स

२९ कार्तिक २०७७, शनिबार ११:२८

डा. गोविन्द केसीको उपचारको सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने प्रधानमन्त्रीको घोषणा


काठमाडौं, कात्तिक २९

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा.गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने घोषणा गर्नुभएको छ । उहाले केसीको स्वास्थ्य लाभको कामना गर्दै खर्च ब्यहोर्ने घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री अ‍ोलीले आफ्नो ट्वीटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उहाको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी समेत गराउनु भएको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उहाको त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको छ । डा. केसीमा समान्य रुघाखोकी र ज्वरो आएको छ भने स्वासप्रश्वासमा समस्या देखिएको छ ।

यस्तो छ उहाको ट्वीट

कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।