जनता टाइम्स

१ मंसिर २०७७, सोमबार ०८:३५

मुख्यमन्त्री गुरुङद्वारा नेपाल संवत् को शुभकामना


काठमाडौँ, मङ्सिर १ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाडपर्वले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने तथा समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल संवत् ११४१ तथा नेवार समुदायको महान पर्व म्हः पूजाको अवसरमा आज एक शुभकामना सन्देशमार्पmत उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले चन्द्रमानक पात्रोमा आधारित नेपाल संवत्का प्रवर्तक समाज सुधारक शङ्खधर साख्वालाई मानिन्छ भन्दै साख्वाले आफ्नो निजी सम्पतिबाट सर्वसाधारणको ऋण तिरिदिएको र उनीहरुलार्ई ऋण मुक्त गरेको दिनको स्मरणमा नेपाल संवत्को शुरुआत गरिएको उल्लेख गर्नुभएको छ ।

सरकारले नेपाल संवत्का प्रवर्तक साख्वालाई राष्ट्रिय विभूति र नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको बताउँदै उहाँले यस अवसरमा समाज सुधारक एवं नेपाल संवत्का प्रवर्तक साख्वाप्रति उच्च सम्मान प्रकट गरेको सन्देशमा उल्लेख छ ।

नेपाल संवत् ९नयाँ वर्ष० को पहिलो दिन नेवार समुदायको महान पर्व म्हः पूजा पर्छ । सन्देशमा मुख्यमन्त्री गुरुङले आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार नेवार समुदायले म्हः (आत्म) पूजा गर्ने गरेको परम्परा रहिआएको उल्लेख गर्नुभएको छ ।

लामो समयदेखि हामी कोभिड–१९ को कहरसँग जुधिरहेका छौँ भन्दै उहाँले विश्वव्यापी महामारीका कारण यसपालिका हाम्रा उत्सव तथा चाडपर्वहरु परिवारका सदस्यबाहेक अन्यसँग भेटघाट कम गर्न र सरकारले घोषणा गरेका जनस्वास्थ्यका मापदण्डको पालन गर्न उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।