काठमाडौँ, मंसिर २। सरकारले आज सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष भाइटीकाको भोलिपल्टबाट लाग्ने सरकारी कार्यालय आज सार्वजनिक बिदा परेकाले खुल्ने छैनन् । नेवार समुदायका केही समूहले आज पनि (किजापूजा) भाइटीका लगाउने भएकाले सरकारले सार्वजनिक बिदा दिएको हो । नेवार समुदायका केही समूहले आज भाइटीका लगाउँदै छन् ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका बहुसंख्यक नेपालीले भने सोमबार नै मनाएका छन् । आज बिहानको केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउने भएका हुन् । सरकारले भाइटीका (किजापूजा)का लागि सार्वजनिक बिदा दिएको छ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी तथा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।
आज बालगोपालेश्वरी मङ्गलबार पनि बिहान ५:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म खुल्ने जनाइएको छ ।













प्रतिक्रिया दिनुहोस्