काठमाडौं, मंसिर ३
ललितपुरको किस्ट अस्पताल ग्वार्कोमा कोरोना भाइरस संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ललितपुर महालक्ष्मीस्थानकी ७० वर्षीया महिलाको उपचारको क्रममा बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उहाँ गत कात्तिक २७ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।
सोही दिन किस्ट अस्पतालमै स्वाबको नमूना परीक्षण गर्दा उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उहाँलाई कोभिड आईसीयूमा राखेर थप उपचार थालिएको थियो । उहाँको बिहान २ बजे मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्