काठमाडौं, मंसिर ४
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड उपचारका लागि सूचिकृत अस्पतालहरुले कोरोनाको उपचार निःशुल्क नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य मन्त्रालयले लक्षण वा चिन्ह देखिएका संक्रमितहरुको परीक्षण र उपचार निःशुल्क गर्न सबै कोभिड अस्पतालहरुलाई निर्देशन दिएको छ । निःशुल्क उपचार गरेबापत् अस्पतालहरुले शोधभर्ना पाउने मन्त्रालयले स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्